आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल

आईसीएफसी फाइनान्सको अध्यक्षमा अर्याल


काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडको अध्यक्षमा सुशीलकुमार अर्याल चयन भएका छन् । गत सोमबार सम्पन्न कम्पनीको २१औं वार्षिक साधारण सभाबाट अर्यालसहित तीन संचालक निर्विरोध चयन भएका थिए ।

उनीसँगै रचना अधिकारी र अच्युतराज आचार्य पनि संचालकमा चयन भएका छन् । उनीहरुको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

कम्पनीको माघ २ गते बसेको ३४२औं बैंठकले संस्थाको २१औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अर्याललाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेकाे हाे ।