उन्मुक्ती पछि जनर्दन शर्माले नै अर्थमन्त्रालय सहाल्ने पक्कापक्की, आजै सपथ ग्रहणको तयारी

उन्मुक्ती पछि जनर्दन शर्माले नै अर्थमन्त्रालय सहाल्ने पक्कापक्की, आजै सपथ ग्रहणको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा आउँने लगभग पक्कापक्की भएको छ । 

चालु आर्थिक बर्षको बजेट निर्माणको समयमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको भन्दै उनको आलोचना र बिरोध भएको थियो । जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको कुरा उत्कर्षमा पुगेपछि शर्माले पदबाट राजिनामा दिएका थिए । 

साथै, उक्त बिषयको छानविनको लागि बनेको संसदिय छानविन समितिले पनि सिसिटिभी फुटेज नबुझिने भएको र अनधिकृत व्यक्ति प्रवेश गराएको भन्ने आधार नदेखिएको भन्दै उनले उन्मुक्ति पाएका थिए । 

छानविन समितिले सभामुख अग्नि प्रसाद सापकोटालाइ १३८ पुष्ठको छानविन प्रतिवेदन बुझाएका छन् । जसका क्रममा जनार्दन शर्मा माथि लागेको आरोप पुष्टि नभएको उल्लेख गरेको छ । 

बजेट निर्माणको बेलामा अनधिकृत व्यक्तिको प्रवेशसँगै करको दरमा हेरफेर गराएको आरोपका सम्बन्धमा उनी उपर ११ सदस्यीय संसदिय बिशेष समिति गठन भएको थियो । छानविन समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देव गुरुङ्ग,पुष्पा भुसाल, प्रदिप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्तिबहादुर बस्नेत, सिताराम महत्तो, सरलाकुमारी यादव र सुरेन्द्र प्रसाद यादव रहेका थिए ।

साथै, प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने अर्थमन्त्री दोषी रहेको र सत्तापक्षले जनार्दन शर्मालाई बचाउ गरेको बताउँदै आएको छ । 

आज नै उनको सपथ ग्रहणको तयारी भईरहेको छ ।