पोखरा – पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ । पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकलाई थप स्तरीय वित्तीय सेवा उपलब्ध गराउने र सेयरधनीलाई उच्च प्रतिफल दिने उद्देश्यले मर्जरमा जाने तयारी गरेको हो ।
फाइनान्सका एक अधिकारीका अनुसार फाइनान्स एक वाणिज्य बैङ्कसँग मर्ज हुने तयारीमा छ । जसका लागि बैङ्कसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढिसकेको जनाइएको छ । यद्यपि, कुन बैङ्कसँग मर्जमा जाने भन्ने विषय खुलाइएको छैन ।
२०५३ सालदेखि सञ्चालनमा रहेको पोखरा फाइनान्स लिमिटेड पोखरा क्षेत्रमा स्थापित तथा पुरानो वित्तीय संस्थाका रूपमा परिचित छ । हाल यस संस्थाले कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाडौं, ललितपुर, रुपन्देही र बाँकेसहित २५ शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाको हालको चुक्तापूँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्ब, र कर्जा ८ अर्बभन्दा माथि रहेको जानकारी छ । मर्जपछि यसले ग्राहकलाई थप सुविधा र सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया