माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित


काठमाडाैं – माउन्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष ०८०/८१ को साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, साधारणसभाले १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। 

१५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार हुन आउँछ। उक्त चुक्ता पुँजी १ः०.५० अनुपातमा एक अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँबराबरको एक करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ।

कम्पनीले ६५ मेगावाटको  दुध खोला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रयोजनका लागि  हकप्रद सेयर निष्कासन गर्न लागेको हो।