सिंहदरबार गेटको भिडियो रिकभर, रिपोर्ट भोली लेख्ने तयारीमा समिति 

सिंहदरबार गेटको भिडियो रिकभर, रिपोर्ट भोली लेख्ने तयारीमा समिति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सिंहदरबारको भित्रको सिसिटिभी फुटेजको रिकभर भएको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गरेको आरोपमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका थिए । सो, फुटेज मन्त्रालयको स्टोरेज नभएकोले हटाएको भन्ने जवाफ दिएपछि संसद् र सडकमा तत्कालिन अर्थमन्त्री शर्मा आलोचित भएका थिए ।

सो प्रकरणमा छानविन गर्नको लागि विशेष छानविन समिति बनाएको थियो । सो समितिले उक्त दिनको फुटेज रिकर्भर गर्न भन्दै प्रहरी फरेन्सिक ल्याबमा पठाएको थियो । प्रहरीले उक्त फुटेर हिजो समितिलाई उपलब्ध गराएको थियो । ५१ वटा भिडियो फुटेज रिकभर गरेर समितिलाई बुझाएको हो । ति क्लिपहरु केही सेकेन्टको मात्र रहेको छ । 

सो फुटेजमा मान्छेहरु आउँजाउ गरेको पनि राम्रो सँग नदेखिने र धमिलो रहेको छ । सोही अनुसार, समितिले हेरेपछि फरेन्सिक प्राविधिकलाई बोलाएर हेर्ने भएको छ । 
समितिले आज आफ्ना शिर्ष नेताहरु सँगको परामर्श पछि भोलि रिपोर्ट लेख्ने समितिको तयारी रहेको छ ।