अर्थमन्त्री काण्डः प्रहरीले पठायो छानविन समितिलाई सिसिटिभीको फुटेज 

अर्थमन्त्री काण्डः प्रहरीले पठायो छानविन समितिलाई सिसिटिभीको फुटेज 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

नेपाल प्रहरी विधी बिज्ञान प्रयोगशालाले सिंहदरबारको सिसिटिभी फुटेज विशेष छानविन समितिलाई बुझाएको छ । 
बजेट निर्माणको क्रममा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो । जसको कारणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक देखि सदन सम्म बिरोध प्रर्दशन समेत गरेको थियो । 

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको बेला करको दर हेरफेर गर्न विभिन्न व्यक्तिलाई मन्त्रालयमा बोलाएको आरोप लागेको थियो भने, सिंहदरबारको सिसिटिभी फुटेज पनि डिलेट गरेको गम्भिर आरोप समेत लागेको थियो । यसै आरोपको कारण तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा समेत दिएका थिए । 

हिजो मात्रै छानबिन समितिले प्रहरीलाई फुटेज उपलव्ध गराउन भनेकोमा प्रहरीले आज उक्त फुटेज रिकर्भर गरी छानविन समिति सामु दिएको हो । 

स्रोतको अनुसार सिलबन्ध रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयलाई जेष्ठ १४ को फुटेज मागेकोमा उक्त फुटेज नभएपछि प्रहरीको फरेन्सिक ल्याबमा रिकर्भरको लागि पठाएको थियो ।