डिजेल पेट्रोल मार्फत बाहिरियो ३ खर्ब भन्दा बढी रकम 

डिजेल पेट्रोल मार्फत बाहिरियो ३ खर्ब भन्दा बढी रकम 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

पछिल्लो समय नेपाल सरकारले विद्युतिय वस्तुको आयातमा जोड दिएपनि पेट्रोलियम पदार्थ आयातमा भने कमी आएको छैन । आज भन्सार विभागको विवरण अनुसार एक बर्षको अवधीमा कुल ३ खर्ब भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । 

बजेट मार्फत विद्युतिय सवारी साधन देखि चुलो सम्मको कुरा गरेपनि त्यसतर्फ सर्वसाधारणको आकर्षण बढ्न नसकेको पेट्रोलियम पदार्थको आयातले देखाउछ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आ.ब २०७८÷७९ मा मात्र नेपालले कुल ३ खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, ६५ अर्ब ५५ करोड ९ लाख बराबरको खाना पकाउने एलपी ग्यास र १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ ।