श्रीलंकाकै अवस्थामा पुग्दैछन् यी चार राष्ट्रहरु, नेपाल सुरक्षित

श्रीलंकाकै अवस्थामा पुग्दैछन् यी चार राष्ट्रहरु, नेपाल सुरक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

श्रीलंकाको सडक पछिल्लो समय आन्दोलन गर्ने थलो भएको छ । देश नै टाट पल्टेको कारण जनता अन्दोलन गर्न बिवश भएको हुन् । श्रीलंकाली जनताले राष्ट्रपति कार्यालयलाई नै घेरेपछि त्यहाका राष्ट्रपति गोटाबाया रााजापाक्षे देश छोडेर भागेका हुन ।

हाल श्रीलंकाको पेट्रोल पम्पमा लागि लामो लाईन रहेको छ । औषधी, खाध्य वस्तुको मूल्यले आकास छोएको छ । आर्थिक रुपले सबल राष्ट्र मध्येको एक श्रीलंका खराब राजनीतिको कारणले टाट पल्टिन पुगेको हो । जसको कारण  राष्ट्रपति नै भाग्नुपर्ने अवस्था आएको हो ।

श्रीलंकाकै जस्तो आर्थिक अवस्थमा अन्य चार एसियाली राष्ट्र पनि गईरहेका छन् । ती हुन बंगलादेश, पाकिस्तान, लाओस र माल्दिभ्स । यी चार राष्ट्रको आर्थिक अवस्था निकै कमजोर भएको छ, भने विदेशी सञ्चितिमा भारी गिरावट आईरहेको छ । जसको कारणले यही अवस्थामा गईरर्याे भने यी चार राष्ट्र पनि श्रीलंकाकै अवस्थामा पुग्ने निश्चित छ । 

श्रीलंका

लगभग २ करोड २० लाख जनसंख्या भएको यो देशमा अहिले न खानाको अवस्था राम्रो छ, नत औषधी लगायतको अतिआवश्यक बस्तुहरु किन्नलाई निकै महंगो परिरहेको छ । यो देशको महंगी पछिल्लो समय ५० प्रतिशतले बढिरहेको छ । साथै, बाहिरी मुलुकबाट आयात गर्नको लागि यो देश सँग विदेशी सञ्चिति समेत छैन । 

कसरी आयो श्रीलंकामा यो अवस्था ?

श्रीलंकाले विदेशी ऋण व्यापक मात्रामा लिएको थियो । उसले यो कर्जा छिमेकी देश चीनबाट लिएको थियो । चीनको ऋण अन्य मुलुकको तुलनामा निकै चर्काे छ । 

साथै राजनीतिमा परिवादवाद हावी हुनुको कारणले पनि श्रीलंकाको आर्थिक अवस्था यस्तो हुन पुगेको विश्लेषकहरु बताउछन् । कमाई भन्दा बढी खर्च भएकोले श्रीलंकाको अवस्था आजको दिनमा आएको हो । राष्ट्रिय गौरबको आयोजनामा खर्च गरेको श्रीलंकाले त्यो आयोजनाबाट फाईदा भने लिन नपाउँदै देश टाट पल्टिन पुग्यो । साथै, श्रीलंकाको कृषिमा सरकारले आर्गानिकतालाई प्राथमिकता दिएकोले पनि उत्पादनमा कमी आयो जसको सिधा असर अर्थतन्त्रमा पर्ने गयो । जसको कारणले गर्दा श्रीलंकाको अवस्था यस्तो हुन पुग्र्याे । 

पाकिस्तान

पाकिस्तानको अवस्था श्रीलंकाको जस्तो न भएपनि आर्थिक स्थिति भने खस्किरहेको छ । कारण हो, चीनको ऋणको बोझ । चीनले पछिल्लो समय जुन–जुन देशलाई ऋण उपलव्ध गराएको छ, ती देशको आर्थिक अवस्था निकै खस्किदै गईरहेको छ । पाकिस्तानमा हाल तेलको मूल्यमा ९० प्रतिशतले वृद्धि भईरहेको छ । विश्व बजारमा तेलको रकम कम भएपनि पाकिस्तानको विदेशी मुद्रा सञ्चिति खस्किरहेको छ । जसको कारणले पाकिस्तानलाई पनि श्रीलंकाको बाटोमा हिडिरहेको भन्न सकिन्छ । 

पछिल्लो अगस्ट महिनाबाट पाकिस्तानको विदेशी मुद्रा सञ्चिति आधा भन्दा कम भईरहेको छ,भने पाकिस्तानी पैसा डलरको तुलनामा कमजोर भईरहेको छ । पाकिस्तानको  बजार मूल्य १३ वर्ष पछिकै सबै भन्दा उच्च रहेको छ । यो अवस्थाबाट पार लाग्नको  लागि पाकिस्तानले अन्तराष्ट्रिय मुद्रा कोष सँग सम्झौता गरेको छ । अन्तराष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई कर्जा उपलब्ध गराउन समेत तयार भएको छ । 

बंगलादेश 

बंगलादेशको आर्थिक अवस्था पनि निकै नाजुक हुदै गईरहेको छ । पछिल्लो ८ वर्षकै सबैभन्दा बढी महंगो बजार भएको छ । यो देशले पनि नेपालकै जस्तो गरी खर्चलाई कम गर्नको लागि कति वस्तुहरुको आयातमा रोक लगाएको छ । साथै, सरकारी अधिकारीहरुको विदेश यात्रामा पनि रोक लगायर खर्च कम गरिरहेको छ । 

माल्दिभ्स

माल्दिभ्स पनि पर्यटन बाट नै आम्दानी गर्ने राष्ट्र हो । तर रुस–युक्रेन युद्धको प्रभावले गर्दा यस देशमा पर्यटकको आगामन निकै कम भईरहेको छ । जसको कारणले यहाँको आर्थिक अवस्थामा भार ल्याएको हो । 

कोरोना कालमा नै यहाँको आर्थिक भार बढ्दै गईरहेको थियो । जसको असर विदेशी सञ्चितिमा पर्न गयो । विभिन्न विश्लेषकले यो देश सन् २०२३ सम्ममा यही अवस्थामा माल्दिभ्स रहिरर्याे भने सो अवधीमा माल्दिभ्स पनि आर्थिक रुपमा टाट पल्टिने अवस्था छ । 

लाओस

दक्षिण पूर्वी एसियाली मुलुक लाओस यस अघि नै आर्थिक रुपमा कमजोर भईरहेको छ । जसको कारणले यो देशको अवस्था पनि श्रीलंकाकै अवस्थामा आउँन सक्ने अनुमान लगाएका छन् । 

७५ लाख मात्र जनसंख्या भएको यो देशले चीन बाट नै आर्थिक ऋण लिएको थियो । जसलाई चुकाउन नसक्दा त्यहाँको सबै भन्दा ठुलो विमानस्थान चीनको नियन्त्रणमा सञ्चालन भईरहेको छ । यस देशमा पनि तेलको लागि लामो लाईनमा जनताहरु बस्न बाध्य भएका छन् । यहाँको मुद्रा डलरको तुलनामा निकै कम हुदै गईरहेको छ । यहाँलो जलविद्युत र रेलवे सेवामा पनि चीनको लगानी रहेको छ । 

अधिकारीको अनुसार यहाँको कुल ८१३ विकास आयोजनामा १६ अर्ब डलर भन्दा बढी चीनको लगानी रहेको छ भने, यो देशको विदेशी सञ्चिति मुद्रा कुल १ अर्ब ३० करोड मात्र रहेको छ । 

कुनै समय निकै खुसी देश मध्येका यी माथिको देशहरु आज गरिब देशको रुपमा चिनिन थालेका छन् । विश्वव्यापी महामारीको कारण आर्थिक रुपमा कमजोर भएको विश्वबजार माथि उठ्नै लाग्दा रुस–युक्रेनको युद्धको कारणले झन कमजोर बनाएको छ । यो युद्धको प्रभावमा विश्वका अन्य धनी राष्ट्रले पनि आर्थिक सामना गरिरहेका छन् । 

पर्यटनबाट नै विदेशी सञ्चिति मजबुत भएका कयन देशको हालात पनि यस्तै हुदै गईरहेको छ । नेपालकै पनि विदेशी सञ्चिति कम हुदै गईरहेको छ । कति आर्थिक विश्लेषकहरुले नेपाल पनि श्रीलंका हुने हो कि भन्ने आशंका प्रकट गरेका छन् भने कतिले त्यस्तो अवस्था नआउने औल्याएका छन् । 

एजेन्सी