मौद्रिक नीतिः बैंकिङ्ग तथा वित्तिय क्षेत्रको स्थिति 

मौद्रिक नीतिः बैंकिङ्ग तथा वित्तिय क्षेत्रको स्थिति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै बैंकिङ्ग क्षेत्रको स्थिति उल्लेख गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति घोषणा गर्दै बैंक तथा वित्तिय क्षेत्रको स्थितिको बारेमा जनाएका छन् । 
जसअनुरुप, आर्थिक बर्ष २०७८/७९ को ११ महिनामा बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप ५.७ प्रतिशते बढेको छ । त्यस्तै, निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अवस्था १३.५ प्रतिशतले विस्तार भएको प्रक्षेपण राष्ट्र बैंकले गरेको छ ।

उक्त अवधीमा बैंक तथा वित्तिय संस्थाहरुले कुल २६६ अर्ब निक्षेप संकलन गर्नुको साथै, ५५३ अर्ब कर्जा प्रवाह गरेको छ । अधिल्लो आर्थिक बर्षको सोही अवधीमा बैंक तथा वित्तिय संस्थाहरुले कुल ५८८ अर्ब निक्षेप संकलन गरेको र कुल ७९९ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्गमा उल्लेख छ । 

त्यस्तै, आर्थिक बषृ २०७८/७९ को ११ महिनामा बैंक तथा वित्तिय संस्थाहरुको कुल २३ अर्ब ३८ करोड रुपैया ऋणपत्र जारी गरेको छ । 

अघिल्लो आर्थिक बर्षको सोही अवधीमा बैंक तथा वित्तिय संस्थाहरुले कुल ३७ अर्ब १० करोडको ऋणपत्र जारी गरेका थिए । 
साथै, २०७८ को चैत्र मसान्त सम्ममा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा अनुपात १.३२ प्रतिशत, विकास बैंकहरुको १ं४९ र वित्त कम्पनीहरुको ७.० प्रतिशत रहेको छ भने, सोही बर्षको असार मसान्तमा यी अनुपातहरु क्रमस १.४१ प्रतिशत, १.३० प्रतिशत र ६.१९ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले लिएको बैंकहरुको मर्जर नीतिको कारण कुल २४५ बैंक तथा वित्तिय संस्थाहरु गभ्ने प्रक्रियामा सामेत भएका छन् । भने १७८ संस्थाहरुको ईजाजत पत्र खारेज गरिएको छ । साथै, ईजाजत पत्र खारेज गरेपछि कुल ६७ संस्थाहरु सन्चालनमा रहेका छन् । 

व्याजदरको स्थिति 

२०७८ को असारमा औषत व्याजदर ४.५५ प्रतिशत रहेकोमा यस बर्षको असार मसन्तमा कुल व्याजदर १०.६६ प्रतिशत पुगेको छ । भने, वाणिज्य बैंकहरुको हकमा २०७८को जेष्ठ महिनामा ६.६६ प्रतिशत रहेकोमा यस बर्षको जेष्ठ महिनामा ९.३९ प्रतिशत कायम भएको छ । अघिल्लो बर्षको जेष्ठमा निक्षेप भारित औसत व्याजदर ७.३४ प्रतिशत कायम भएको छ । त्यसैगरी २०७८ को जेष्ठमा कर्जाको भारित औसत व्याजदर ८.४६ प्रतिशत रहकोमा यस बर्ष ११५४ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।