बीमा क्षेत्रको समस्या पहिचान र समाधानको खोजीमा बैंकिङ्ग समाचार हरदम तयार छ : प्रबन्ध निर्देशक ढुंगेल

बीमा क्षेत्रको समस्या पहिचान र समाधानको खोजीमा बैंकिङ्ग समाचार हरदम तयार छ : प्रबन्ध निर्देशक ढुंगेल


काठमाडौं – बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बीमा क्षेत्रको समस्या पहिचान गर्न र समाधानको खोजी गर्नमा बैंकिङ्ग समाचार हरदम तयार रहेको बताएका छन् । उनले दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शमा स्वागत मन्तव्य राख्दै यस्तो बताएका हुन् ।

उनले डिस्कोर्शको मुख्य उद्देश्य बीमा क्षेत्रको विश्वव्यापी बहु आयामिक पक्षको उजागर गर्दै नेपालमा बीमा क्षेत्रको बहु आयामिक परिदृश्य खोज्दै बीमा क्षेत्रमा दिगोपना र स्थायित्व तथा शतप्रतिशत जनसंख्यामा बीमाको पहुँच पुर्याउन आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नु रहेको बताए ।

स्वागत मन्तव्य राख्दै ढुंगेलले भने :

धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू
कार्यक्रमका प्रमुख अथितिकारुपमा उपस्थित हुनुभएका उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यू
विशेष अथिति नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालज्यू
यस्तै, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालज्यू
नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलज्यू र नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीज्यू लगायत बीमा प्राधिकरणका निर्देशकद्वय शुसिलसुवेदी ज्यू र पुजन ढुंगेलज्यू लगायत बीमा प्राधिकरणका प्रतिनिधिज्यूहरु, बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूहरु र अन्य प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय वक्ताकारुपमा पाल्नुभएका पोलिसि बजार डटकमका पूर्व कर्पोरेट कम्यूनिकेसन प्रमुख अमन ढलज्यू लगायत उपस्थित सम्पूर्ण महानुभाव र सञ्चारकर्मी साथिहरु, नमस्कार

सर्वप्रथम, बैकिङ्ग समाचार डटकम नेपालको बैंकिङ्ग, बीमा, वित्तीय र आर्थिक क्षेत्रका मुद्दाहरूको प्राथमिक्ताका साथ निष्पक्षरुपमा समाचार सम्प्रेषणमा गर्दै आइरहेको छ । बैंकिङ्ग समाचार डटकम आफ्ना पाठक तथा श्रोताहरूलाई नेपालभरका सबै वर्तमान वित्तीय र आर्थिक गतिविधिहरूबारे जानकारी गराउन निरन्तर समर्पित छ । विभिन्न क्षेत्रका मुद्धालाई सतहमा मात्र प्रस्तुत नगरेर सम्वन्धीत पक्षसँग बृहत् छलफलगरी निति निर्माण तहमा सही सुझाव पुर्याउने उद्देश्यसहित बैंकिङ्ग समाचारकातर्फबाट यो ‘नेशनल इन्स्योरेन्स डिस्कोर्शलाई तपाईहरुमाझ परिचय गराउन चाहान्छु ।

बैंकिङ्ग समाचार डटकमले विगतदेखि नै ‘बैंकिङ्ग डिस्कोर्श’ र इन्स्योरेन्श डिस्कोर्स’को आयोजना प्रारम्भ गरिसकेको छ । यसअघि, बैंकिङ्ग समाचारले दुई पटक नेशनल बैंकिङ्ग डिस्कोर्श र एक पटक इन्स्योरेन्स डिस्कोर्श सफलतापूर्वक आयोजना गरिसकेको छ । यसबाहेक अन्य क्षेत्रमा पनि विभिन्न प्रकारका डिस्कोर्शको आयोजना गरी सम्बन्धीत क्षेत्रमा रहेको प्रचलित समस्या पहिचान गर्ने र त्यसको समाधानको खोजि गर्ने कार्यमा बैंकिङ्ग समाचार हरदम तयार छ र निरन्तर लागि पनि रहनेछ ।
२०८० भदौ १८ गते आयोजित पहिलो इन्स्योरेन्स डिस्कोर्शको निरन्तरता रुवरुप आज तपाईहरुको माझ यस स्थानमा दोस्रो इन्स्योरेन्स डिस्कोर्श २०२५ (2nd National Insurance Discourse, 2025) कार्यक्रम आयोजना गर्न पाउँदा गौरवाम्वित महसुस गर्दै काँधमा थपिएको थप जिम्मेवारीलाई पुरा गर्दै भावि दिनमा पनि यसको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

यस कार्यक्रमको मूख्य उद्देश्य बीमा क्षेत्रको विश्वव्यापी बहुआयामिक पक्षको उजागर गर्दै नेपालमा बीमा क्षेत्रको बहुआयामिक परिदृश्य खोज्र्दै बीमा क्षेत्रमा दिगोपना र स्थायित्व तथा शतप्रतिशत जनसंख्यामा बीमाको पहुँच पुर्यान आफ्नो स्थानबाट सकरात्मक भूमिका खेल्नु हो ।

सरकारले ५० प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुर्याउने लक्ष्य राखेपनि अनियार्व गरिएको वैदेशिक रोजगार बीमा समेत जोड्दा ४४ प्रतिशत जनसंख्यामा मात्रै बीमाको पहुँच पुगेको छ । यसमा पनि चालू वर्षको ५ महिनाको अवघिमा १ प्रतिशतले पहुँच घटेको बीमा प्राधिकरणकै तथ्यांकले देखाउँछ । देशमा १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, २ वटा निर्जीवन बीमा र ७ वटा लघु बीमा गरी ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन् । यो क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षगरी लाखौंले रोजगारी पाएका छन् भने कूल गार्हस्थ उत्पादनमा ३ प्रतिशतभन्दा बढीको योगदान दिएका छन् ।

तर, पनि देशको समग्र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको, लाखौंलाई रोजगारी दिएको र जोखिम व्यवस्थापनमा सारथि बनेको यो क्षेत्रको आवश्यक्ता र महत्व राम्रोसँग सर्वसाधारणस्तरसम्म बुझाउन सकिएको छैन । ‘मिस सेलिङ’ र ‘क्लेम सेटलमेन्ट’मा समस्या लगायतका आरोपले बीमा क्षेत्रले जति गर्नुपर्ने हो, त्यति व्यवसाय विस्तार गर्न नसकेको हामिलाई भान हुन्छ । यस्तै, सरकारी तह, बीमा प्राधिकरण र बीमा कम्पनीहरुकातर्फबाट यो क्षेत्रलाई थप विस्तार र फराकिलो बनाउन भूमिका खेल्न सहजीकरण गर्नेगरी नीति निर्माण, योजना र रणनीति बनाउनका लागि प्रचलित विद्यमान समस्या र चूनौती पहिल्याउने र तीनलाई प्रतिवेदनकारुपमा अर्थमन्त्रालय लगायत नीति निर्माण तहमा बुझाउने प्रतिबद्धता समेत गर्न चाहन्छु ।

हाल नेपालमा दुई वटा पुर्नबीमा कम्पनीले कारोबार गर्दै आइरहेका छन् । पुर्नबीमा कम्पनीको व्यापारको प्रबद्र्धन स्वदेशी बजारसँगै प्रमुख बजार विदेश नै हो । यस डिस्कोर्शमा पुर्नबीमा बजारको प्रबद्र्धनका लागि अर्थमन्त्रालयले के–कस्ता सहजीकरण गर्नुपर्ने हो, त्यो विषयमा आजका प्यानल डिस्कसनमा बहस हुनेनै छ । र, उक्त बहसमा उठेका विषयलाई उपप्रधान एंव अर्थमन्त्रीज्यूले सकरात्मकरुपमा लिएर सहजीकरण गरिदिनुहुन्छ भन्ने मलगायत पुर्नबीमा कम्पनीका प्रतिनिधिले पनि सोहीप्रकारको आशा राखेका छन् । र, व्यवसाय वृद्धिका लागि विभिन्न देशमा आफ्नो उपस्थिती जनाउँदै गर्दा पुर्नबीमा कम्पनीले आफ्नो व्यापार मात्रै प्रबद्र्धन गर्दैनन्, देशको समेत प्रचार गरिहेका हुन्छन् । जसले देशमा वैदेशिक मुद्राको प्रवाहमा ठूलो भूमिका खेल्छ भने पर्यटन प्रबद्र्धनमा समेत कोसेढुंगा सावित हुनसक्छ । त्यसकारण पनि नेपालको पुर्नबीमा कम्पनीहरुलाई सरकारले प्राथमिक्तामा राखेर व्यापार वृद्धिका लागि गरिदिनुपर्ने सहजीकरणका लागि नीति निर्माण र कुटनीतिक पहल, दक्ष जनशक्ति उत्पादनमा सहजीकरण अभिभावकको भूमिका निर्वाह गर्न सक्नुपर्छ र सक्छ भन्ने पूर्ण विश्वास लिएको छु ।

यस्तै, हाम्रो देशको वित्तीय प्रणालीमा महत्वपूर्ण भूमिका रहेको बीमा क्षेत्रमा आजको यो कार्यक्रमले नयाँ आयामहरु र रणनीतिहरुमा केन्द्रीत हुँदै यो क्षेत्रको दिगो विकासमा महत्वपूर्ण योगदानलाई उजागर गर्ने नै छ । अब डिस्कोर्शको सुरुवातमा उद्घाटन सत्रलगत्तै छिमेकी मुलुक भारतबाट पाल्नुभएका अमन ढलज्यूले “Transforming Nepal’s Insurance Industry: The Indian Playbook for Strategic Communication”नामक प्रिजेन्टेसन दिनुहुनेछ ।

यसबाहेक आजको कार्यक्रममा मुख्यगरी विभिन्न ४ वटा सत्रमा रहेर छलफल गर्नेछौं । पहिलो सत्रमा ‘जीवन बीमा क्षेत्रको विकास र विस्तारका रणनीति तथा परिदृष्य’ (Growth Scenario of Life Insurance Industry & Expansion Strategies) बारे छलफल हुनेछ । दोस्रो सत्रमा ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशिलता र अवरोधहरु’ Market Dynamics & (Breaking the Barriers in Non-Life Insurance) विषयमा छलफल हुनेछ
यस्तै, तेस्रो सत्रमा ‘बीमामा प्रविधिको उदय, चूनौती र अवसरहरु’  (Expanding Nepal’s Reinsurance Horizons : Innovation & Growth) विषयमा छलफल हुनेछ । यस्तै, चौथो सत्रमा ‘नेपाली पुर्नबीमा बजारको सिमा विस्तार, व्यवसाय वृद्धिमा नविनता’ (The Rise of Insurtech : Disruptions & Opportunities in Insurance) विषयमा छलफल हुनेछ ।

सबै ४ वटै सत्रको छलफल सकिएपछि पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतज्यूसँग कार्यक्रमका विभिन्न सत्रमा उठेका विषयलाई समेटेर ‘डुओलग’ छलफल हुनेछ ।

डिस्कोर्श कार्यतालिकाबारे यति जानकारी दिँदै आजको कार्यक्रममा उपस्थित भएर यो डिस्कोर्शलाई जीवन्त र सफल बनाउन सहयोगी भूमिका खेल्नुभएका यहाँहरु सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । विशेषगरी हाम्रो प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्रीज्यू, विशिष्ट अतिथिज्यू, उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका अध्यक्षज्यूहरु नेपाल जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षज्यूहरु लगायत सबै सहभागितप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

यो बहसले बीमाक्षेत्रका नयाँ अवसर, सम्भावना र चूनौतीको विश्लेषण गर्न मार्गप्रशस्त गर्नेछ भन्ने विषयमा मलाई पूर्ण विश्वास छ। साथै, यो कार्यक्रमले सरकार, नीति निर्माता, बीमा कम्पनी र सेवाग्राही तथा प्रत्यक्ष र अप्रत्यक्षरुपमा बीमासँग आबद्ध भएका व्यक्तीहरुलाई छलफलका लागि साझा प्लेटफर्म प्रदान गर्नेछ, जसले नेपालको बीमा क्षेत्र र समग्र अर्थतन्त्रको दिर्घकालिन समृद्धिलाई अघि बढाउँदै व्यावसाय विस्तार, बीमाको पहुँच र सर्वसाधारणतहसम्म यसको अपरिहार्यता बुझाउन मत्वपूर्ण भूमिका खेल्नेछ ।

अब भावि दिनमा यस कार्यक्रमलाई विश्व मञ्चसम्म पुर्याउँदै नेपालको बीमा क्षेत्रमा योगदान दिएका व्यक्ती र कम्पनीहरुलाई सम्मान गर्नेगरी इन्स्योरेन्स अवार्डको समेत आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दुछु । पुनः म यहाँ सबैलाई आजको यस महत्वपूर्ण क्षणमा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रममा स्वागत गर्न चाहन्छु । आशा छ, आजको यो कार्यक्रममा उठेका छलफलका विषय, ज्ञान, विचार र विमर्शहर भविष्यमा बीमा क्षेत्रको ठोस नीतिमा बदलिनेछन्, धन्यवाद । नमस्कार ।