काठमाडौं – सरकारले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई स्पष्टीकरण सोधेको छ। समयमै काम पूरा नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ दिनभित्र लिखित स्पष्टीकरण मागेको छ ।
विभिन्न सार्वजनिक निकायले ती कम्पनीलाई खराब सूचीमा राख्न कार्यालयसमक्ष सिफारिस गरेका छन् । कार्यालयले भने ती कम्पनीलाई खराब सूचीमा राख्नु नपर्ने आधार प्रमाणसहित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
यसअघि पनि कार्यालयले ती कम्पनीलाई ३० दिनभित्र लिखित स्पष्टीकरण मागेको थियो । तर, स्पष्टीकरण पेस नगरेकोले पुनः ७ दिनको समय दिइएको हो। तोकिएको म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए खराब सूचीमा राखिने कार्यालयले जनाएको छ।
प्रतिक्रिया