मौद्धिक नीति आज ल्याउँने तयारीमा राष्ट्र बैंक 

मौद्धिक नीति आज ल्याउँने तयारीमा राष्ट्र बैंक 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले आज मौद्धिक नीति ल्याउँदै छ । गभर्नर महा प्रसाद अधिकारीले यस अघि नै साउनमा मौद्धिक नीति ल्याउँने गरी तयारी भईरहेको बताएका थिए । मौद्धिक नीतिको सम्पूर्ण काम सकिएकोले आज मौद्धिक नीति आउँन लागेको हो । 

साथै, यस आर्थिक बर्षको मौद्धिक नीति कसिलो आउँने समेत गभर्नर अधिकारी लगायतका कर्मचारीले बताउँदै आएका छन् । 

अर्थमन्त्री बिवादित हुदाँ यस बर्षको मौद्धिक नीति ढिलो आउँन लागेको हो । अर्थमन्त्रीको कार्यभार सहाल्नु भएका प्रधानमन्त्री शेर बहादुर देउवाको समय अभावको कारणले समेत ढिलो भएको राष्ट्र बैंकले जनाएको छ । तर हिजो प्रधानमन्त्री देउवालाई मौद्धिक नीतिको विर्फिङ्ग गरिसकेकोले आज नीति आउँन लागेको हो । 

कर्जा विस्तार नियन्त्रणमुखी नीति आउँने राष्ट्र बैंक स्रोतले जनाएको छ ।