राइड शेयरिङ एप ‘सजिलो’ ले ल्यायो निशुल्क बीमा योजना

राइड शेयरिङ एप ‘सजिलो’ ले ल्यायो निशुल्क बीमा योजना


काठमाडौं – नेपाली नेपाली राइड शेयरिङ एप ‘सजिलो’ ले आफ्नो ग्राहक र राइडरका लागि निःशुल्क बीमा योजना सुरु गरेको छ । राइड शेयरिङ कम्पनी सजिलो साथि प्रालिले बिहीबारदेखि निःशुल्क बीमा सेवा सुरु गरेको हो ।

यसका लागि कम्पनीले शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ । सम्झौतापत्रमा शिखर इन्स्योरेन्सको तर्फबाट ग्वार्को शाखा प्रमुख सुमन खनाल र सजिलो साथि प्रालिका निर्देशक दिवाकर खनालले हस्ताक्षर गरेका हुन् ।

सजिलो नेपाली राइड सेयरिङ एपका सीईओ अमिर लामाका अनुसार ग्राहकलाई लिन जाँदा, र्पुयाउँदा र र्पुयाएर फर्कदा समेत बीमा कभरेज प्रदान गरिएको छ।