नेशनल बैंकिङ्ग इन्स्टिच्युटमा ५० जनालाई रोजगारीको अवसर

नेशनल बैंकिङ्ग इन्स्टिच्युटमा ५० जनालाई रोजगारीको अवसर


काठमाडौं – नेशनल बैंकिङ्ग इन्स्टिच्युट इन्सिच्युट लिमिटेडले दरखास्त आह्वान गर्दै ठुलो संख्यामा कर्मचारी माग गरेको छ। संस्थाले आज एक सूचना प्रकाशित गर्दै जुनियर ट्रेनी एसिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि १२ कक्षामा ५० प्रतिशत भन्दा बढी अंकले ल्याएर उत्तीर्ण गरेको हुनुपर्नेछ । यस पदमा आवेदन दिनको लागि कुनै पनि प्रकारको अनुभव ताेकिएकाे छैन ।

इच्छुक उम्मेदवारले पुष २६ गतेभित्र आवश्यक कागजात तयार गरी संस्थाको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ । आवेदन संस्थाकाे इमेल vacancy.nbi.com.np बाट दिन सकिनेछ ।