काठमाडाैं – सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ । स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ ।
यसका साथै धुलाइको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले उपयुक्त धुलाइ साइकल पनि सुझाउँछ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ । यो इनोभेटिभ डिजाइनले भित्रि ड्रमलाई वृद्धि गरी गहिराइलाई ६०० एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ ।
यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाइलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित भएर यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ ।
१२ केजी लाइन–अप दुईवटा फरक मोडलहरूमा उपलब्ध छ । डायल कन्ट्रोल भएको र एलईडी डिस्प्ले भएका यी दुवै मोडलहरूको मूल्य क्रमशः १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रुपैयाँ रहेको छ । यस वाशिंग मेशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्बिक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभर उपलब्ध गराइएको छ ।
प्रतिक्रिया