सिन्धु र कर्णाली विकास बैंकलाई राष्ट्र बैंकद्धारा नगद कारवाही

सिन्धु र कर्णाली विकास बैंकलाई राष्ट्र बैंकद्धारा नगद कारवाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

राष्ट्र बैंकले २ वटा बिकास बैंकलाई नगद जरिवाना गरेको छ । कारवाहीमा कर्णाली विकास र सिन्धु विकास बैंकलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकले आर्थिक बर्षको तेस्रो त्रेमासमा गरिएको गैर–स्थलगत सुपरिवेक्षणको आधारमा २ विकास बैंकलाई कारवाही गरेको हो ।

उक्त विकास बैंकहरुले अनिवार्य नगद मौज्दात कायम नगरेकोले राष्ट्र बैंकले कारवाही गरेको हो । 

राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई एक पटक २० हजार ३ सय ५६ रुपैंया र अर्काे पटक २ हजार १ सय ६३ रुपैंया नगद जरिवाना गरेको हो । त्यस्तै सिन्धु विकास बैकलाई भने १७५ रुपैंया जरिवाना गरेको हो । यो कारवाही सहित कर्णाली विकास बैंक तेस्रो  पटक कारवाहीमा परेको हो । भने सिन्धु विकास बैंक पहिलो पटक कारवाहीमा परेको छ ।