कसिलो मौद्धिक नीतिको तयारी, मूल्य वृद्धिदर ७ प्रतिशत भित्रै राख्न चुनौती

कसिलो मौद्धिक नीतिको तयारी, मूल्य वृद्धिदर ७ प्रतिशत भित्रै राख्न चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं । 

केन्द्रिय बैंकले आर्थिक बर्ष २०७९÷८० को मौद्धिक नीति यही हप्ता भित्र ल्याउँने तयारी गरिरहेको छ । आर्थिक बर्षको सुरुवात देखि नै बैंक बित्तमा तरलताको अभाव देखियो । जसको प्रत्यक्ष असर मौद्धिक नीतिमा देखिने नै भयो । साथै, पछिल्लो समय व्यापार घाटा र शोधानान्तर घाटाले बढेको छ । विदेशी मुद्राको सञ्चितिमा कमी आएको छ,भने व्याजदर र मूल्यबृद्धिले आकास छोएको छ । यस संकटको घडीमा कस्तो मौद्धिक नीति आउँला भन्ने चौतर्फी चासोका बिषय बनेको छ । 

गत आर्थिक बर्षमा खुकुलो मौद्धिक नीति ल्याएकोमा यस बर्ष भने कसिलो मौद्धिक नीति आउँने जनाउ गभर्नर लगायतका राष्ट्र बैंकका कर्मचारीले कार्यक्रममा बताउँदै आईरहेका छन् । जसको कारणले कसिलो मौद्धिक नीति आउँने लगभग पक्का–पक्की नै भएको छ । 

कोभिडको समयमा विश्वको सम्पूर्ण राष्ट्रले खुकुलो मौद्धिक नीति मार्फत सो समयमा विभिन्न राहत व्याकेज ल्याएका थिए । कोभिड पछि सो सुविधामा कटौती गरिएकोले पनि यस बर्षको मौद्धिक नीति कसिलो हुने अनुमान छ । 
पोलिसी दर बढ्ने 

मौद्धिक नीतिमार्फत बैंक तथा वित्तिय संस्थाहरुको कर्जा लिदाँ व्याजदर बढाउने तयारी गरेको छ । गत आर्थिक बर्षमा जम्मा ५ प्रतिशत कायम गरिएकोमा पुस महिनामा २ प्रतिशतको विन्दुले बढाएर ७ प्रतिशत सम्म पुर्याएको छ । आउँदो मौद्धिक नीतिमा यसको दर बढाएर ८ वा ९ प्रतिशतले बढाउने तयारी भईरहेको छ । 

राष्ट्र बैंकले रेमिट्यान्स बढाउन बजेट मार्फत नगद अनुदान, लागत शुल्क लगायतको छुटको व्यवस्था गर्नलाई अर्थ मन्त्रालयलाई सुझाव दिएकोमा त्यस्तो हुन सकेन । अझ अर्थ मन्त्रालयले बैदेशिक रोजगारमा गएकाहरुको लागि शेयरमा १० प्रतिशत आईपीओको आरक्षण कोटा नै तोकिदियो साथै, एनआरएनलाई अपार्टमेन्ट खरिद, बिक्री देखि लिएर खाता खोल्ने सम्मको सुविधा उपलब्ध गराईदियो ।