काठमाडौं – बीमा क्षेत्रको वर्तमान परिदृश्य र यस क्षेत्रको विकासका लागि नेपाल सरकारका प्रतिनिधि, बीमा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नियामक निकायका प्रतिनिधिहरू, व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बैंकिङ्ग समाचार डट्कम र बीमा प्राधिकरणको सहकार्यमा बृहत् बहस कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’काे दोस्रो संस्करण आयोजना हुन गइरहेको छ।
डिस्कोर्शमा चौथो सत्रको वक्ताका रूपमा हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल सहभागी हुने भएकी छिन् । छलफलको चौथो सत्रको ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनता’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा सहभागी उनी सहभागी भएकी हुन् ।
हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेर पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी हुन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिइन् । २०७८ वैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघि नै बाहिरिएकी हुन् ।
युनाईटेडको सीईओ बन्नुअघि उनले सोही कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएकी थिइन् । यससँगै उनले युनाईटेडमा डीसीईओ र सीईओ पदमा गरी करिब तीन वर्ष काम गरिन् । उनीसँग बीमा क्षेत्रको लामो कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको ‘फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज एफएमएस बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।
बैंकिङ्ग समाचार डटकमको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिसकोर्स २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरू, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।
मुख्यरुपमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय: चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार: व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्स २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न र सुधार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया