गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’को इकाई बाँडफाँड सम्पन्न

गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’को इकाई बाँडफाँड सम्पन्न


काठमाडौं- गरिमा म्युचूअल फण्ड अन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य १० रुपैयाँ दरका दश करोड इकाईहरुको बाँडफाँड सम्पन्न भएको छ ।  

पुष ७ गतेदेखि पुष ११ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभरमा  ९४,६८१ जना आवेदकहरु मार्फत १२,१८,७८,५१० इकाईका लागि रितपूर्वक आवेदन परेको क्यापिटलले जनाएको छ । 

निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त हुन आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँड गर्न सकिने रहेको छ । 

उक्त इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रहि आज बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ ।  बीज पूँजी सहित योजनाको आकार अक्षरेपी एक अर्ब पच्चिस करोड रुपैयाँ अर्थात १२,५०,००,००० इकाई कायम गरिएको क्यापिटलले जनाएको छ ।