वीरगञ्ज- वीरगञ्ज चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो ।
चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया