काठमाडाैं – मुगुमा शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भुकम्पको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको जनाएको छ ।
यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो । केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो ।
प्रतिक्रिया