निर्माण कार्यमा प्रयोग गरिने सवारी साधनको प्रदूषण जाँच्न उपमेयर डंगोलको निर्देशन

निर्माण कार्यमा प्रयोग गरिने सवारी साधनको प्रदूषण जाँच्न उपमेयर डंगोलको निर्देशन


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निमार्ण कार्यमा प्रयोग गरिने सवारी साधनलाई पनि प्रदूषण जाँचका लािग पठाउन निर्दैशन दिएकी छिन् । डंगोलले प्रदूषण सबै खालका सवारी साधनबाट हुने उनले बताएकी हुन्।

उनले भनेकी छिन् ‘सवारी साधन जुनसुकै हुन् । सबैले सवारी प्रदूषण मापदण्ड पालना गर्नुपर्छ । सामान्यतया: सार्वजनिक र निजी सवारी साधनले धुवाँ फालेको देख्दा प्रदूषण बढाएको गुनासो सुन्ने गरिन्छ ।’

साथै, डंगाेलले ,’प्रदूषण सबै खालका सवारी साधनबाट हुन्छ । तपाईँहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारी साधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारी साधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला ।’ निर्माण पक्षलाई निर्देशन दिइन् ।