बैंकिङ्ग समाचार, काठमाडौं ।
दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो ।
हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो ।
अन्तिम कारोबारमा सिभिलको सेयर ८।२३ प्रतिशतले बढेर प्रतिकित्ता २१३ रुपैयाँ पुगेको थियो ।
प्रतिक्रिया