काठमाडौं – नेपालको टाइल उद्योगमा अग्रणी नाम कजरिया रमेश टाइल्स लिमिटेडले अब ३००x४५० एमएम सिरेमिक टाइलहरूको नयाँ शृंखला प्रस्तुत गर्दै आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ। कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००/६०० एमएम, ६००/१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड र ४००/४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ ।
सयभन्दा बढी डिलर र वितरकहरूको नेटवर्क निर्माण गरेको दाबी गरेको छ । यसले ग्राहकलाई कम्पनीका उत्कृष्ट उत्पादन सजिलै प्राप्त गर्न मद्दत पुर्याएको बताइएको छ । यी टाइलहरू नेपालमा नै उत्पादन हुने भएकाले, उच्च गुणस्तरको सुनिश्चितता गर्दै उत्पादन लागत पनि कम गर्छ । यसका कारण कजरिया टाइल्सले आयातीत भारतीय टाइलहरूको तुलनामा २५ प्रतिशतसम्म कम मूल्यमा उपलब्ध गराउँदै आएको पनि कम्पनीको भनाइ छ ।
सिरेमिक टाइलहरू आफ्नो विविधता, टिकाउपन र मर्मत–सम्भार गर्न सजिलो हुने कारणले भित्री स्थानहरूमा प्रयोगका लागि उत्तम विकल्प मानिन्छ । कजारिया रमेश टाइल्सले विभिन्न डिजाइन, रङ र साइजका विकल्प प्रस्तुत गर्छ, जसले तिनीहरूलाई भान्सा, बाथरुम र बैठक कोठामा प्रयोग गर्न उपयुक्त बनाउँछ ।
प्रतिक्रिया