नबिल र नेपाल बंगलादेश बैंक एकिकृत कारोबारको सुरुवात अनिश्चित

नबिल र नेपाल बंगलादेश बैंक एकिकृत कारोबारको सुरुवात अनिश्चित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

भोलि सोमबारदेखि एकीकृत कारोबार गर्ने तयारीमा रहेका नबिल र नेपाल बंगलादेश बैंकको संयुक्त कारोबार नहुने भएको छ । बैंकले एक सूचना जारी गरेर ग्राहकको कारोबार तथ्यांक सफ्टवेयरमा एकीकृत गर्ने कार्य नसकिएकाले भोलि संयुक्त कारोबार नुहने र दुवै बैंकका सबै शाखाहरु बन्द रहेने जानकारी दिएको हो ।

एनबि बैंकलाई प्राप्तिपश्चात नबिल बैंकको नामबाट एकीकृत कारोबार संचालन गर्न दुवैको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नका लागि बंगलादेश बैंकले २३ गते र नबिल बैंकले २४ गतेदेखि २७ गते कार्यालय समयसम्म सबै शाखा बन्द रहने भनिएको थियो । तर सबै तथ्यांक सफ्टवेयमा राख्ने कार्य नसकिएकाले सोमबार एकीकृत कारोबार नहुने र सबै शाखा कार्यालय बन्द रहने भएका हुन् ।