ईसेवामा दोहोरिँदै प्राविधिक समस्या, समस्यामा प्रयोगकर्ता

ईसेवामा दोहोरिँदै प्राविधिक समस्या, समस्यामा प्रयोगकर्ता


काठमाडाैं – डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवामा प्राविधिक समस्या दोहोरिन थालेको छ । अनलाईन भुक्तानीको माध्यमकारुपमा रहेको ईसेवाबाट भुक्तानी लगायतका सेवामा समस्या देखिन थालेको हो ।

समस्या दोहोरिन थालेपछि कम्पनीले सार्वजनिक सूचना निकालेर समस्याको तत्काल समाधान हुने आशवासन दिएको छ । कम्पनीले सूचना जारी गर्दै प्राविधिक समस्या देखिएको तत्काल समाधान हुने बताएको छ ।

तर, इसेवामा यसरी समस्या देखिएको यो पहिलो पटक भने होइन । यसअगाडि पनि पटक- पटक समस्या देखिँदै आइरहको छ। दुई दिनअघि मात्र पनि ईसेवा प्रणालीमा समस्या देखिएको थियो ।

यसरी बारम्बार समस्या देखिरहँदा डिजिटल भुक्तानीमा अभ्यस्त भइसकेका सेवाग्राहीहरूले समस्या भोग्दै आएका छन् ।