‘फेसियल हाउस’ १८औं वर्षमा प्रवेश

‘फेसियल हाउस’ १८औं वर्षमा प्रवेश


काठमाडौं – ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा वार्षिकोत्सव सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, वुमन कम्युनिटी (यूएलआईकी) की अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाहको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले फेसियल हाउसको १७औं वार्षिकउत्सवको शुभकामना व्यक्त गर्दै महिलाको शसक्तिकरण कस्तो हुन्न भन्ने कुरा फेसियल हाउसले देखाएको बताइन् । उनले भनिन्, ‘ब्युटिले ब्यक्तिको कन्फिडेन्स बढाउने अझ उत्साह ल्याउँछ त्यतिमात्र होइन एउटा महिलाको सफलताले धेरै महिला दिदीबहिनिलाइ प्रेरणा मिलेको छ ।’

त्यस्तै, नेपाल उद्योग वाणिज्य संघका काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले वार्षिकउत्सव भव्यतापूर्वक सम्पन्न गरेकोमा फेसियल हाउसलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले भने,‘ महिलाहरुले ब्यबसायलाई नेतुत्व गरेर यहाँसम्म ल्याउनु सजिलो छैन फेसियल हाउसले त्यो चुनौती चिरेको छ,र सबैलाइ आत्म बिश्वास पनि बढाएको छ ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउसलाई वार्षिकउत्सको उपलक्ष्यमा शुभकामना दिँदै आगामी दिनमा अझ राम्रो विकास र विस्तारमा जोड दिन आग्रह गरिन् । उनले भनिन्,‘सबैको प्रयासबाट सफलता हासिल गरिएको र यसले पुरुषहरुलाइ पनि सक्षम बनाउन र साथै रोजगार सिर्जना गर्नु ठूलो भूमिका छ ।’

फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराले १७ बर्षसम्म यात्रासम्म आउनमा फेसियल टिमबाट मात्र सम्भव भएको बताइन् । उनले भनिन्, ‘आगामी दिनमा अझै धेरै काम गर्न बाँकी रहेको हुँदा सबैको साथ हातेमालो हुने बिश्वास छ ।’