एनआईसी एसियाको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत ३ ग्राहकलाई ३० लाख रकम भुक्तानी

एनआईसी एसियाको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत ३ ग्राहकलाई ३० लाख रकम भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बिमाबापत ३० लाख  रकम भुक्तानी गरेको छ ।

प्रतिव्यक्ति १० लाखको दरले तीन जनालाई ३० लाख बिमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बिमा लाभ प्राप्त गर्नेमा हरिन्द्र शाह तेली, प्रचण्ड जंग शाह र सञ्जित तामाङ रहेको बैंकले जानकारी दिएको छ ।

तीन लाभदायीहरूलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्तरूपमा एक कार्यक्रमका बीच बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको बैंकले उल्लेख गरेको छ ।