एनआईबीएल एस क्यापिटल र उपाय बिजनेसबीच समझदारी, धितोपत्र बजारका सेवाहरु उपलब्ध गराउने

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेसबीच समझदारी, धितोपत्र बजारका सेवाहरु उपलब्ध गराउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईबीएल एस क्यापिटल र उपाय बिजनेस सोलुुसन प्रा। लि बीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने समझदारी भएको छ ।

उक्त समझदारी पत्रमा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसनको तर्फबाट महाप्रबन्धक राजु केसी ले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धि सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ ।

भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ ।