हिमालयन र सिभिल बैंकको मर्जर स्थगित

हिमालयन र सिभिल बैंकको मर्जर स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन बैंक र सिभिल बैंकबीच शुक्रबार हुने भनिएको मर्जर सम्झौता तत्कालका लागि रोकिएको छ । हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो ।

नेपाल राष्ट्र बैंकले असार मसान्तपछि मर्जर तथा एक्विजिसनमा पाइने सुविधा कटौति हुने बताएपछि मर्जरका लागि हतारिएका दुवै बैंकबीच बिहीबार अन्तिम आवरमा कुरा नमिलेपछि आज हुने भनिएको सम्झौता रोकिएको हो ।

स्रोतका अनुसार आज कुरा मिलेमा भोलि सम्झौता हुन सक्छ । ‘सिभिल बैंकले हिमालयनलाई १००ः ८१ प्रतिशतको स्वाप रेसियो र कर्मचारीको हैसियत बराबर गरेर सबै हिमालयनले भनेकै हुने प्रस्ताव गरेको थियो तर, हिमालयनले अन्तिम आवरमा १००ः८१ को स्वाप रेसियो र कर्मचारीको समायोजनको कुरा यकिन नगरेपछि आजको लागि सम्झौता रोकिएको हो, शुक्रबार कुरा मिल्यो भने शनिबार पनि हुन सक्छ,’ स्रोतले भन्यो ।

यस्तै,अहिलेसम्म बैंकको अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणा बन्ने सहमति भएको छ । सिभिलका सुनिल पोखरेल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत बन्ने प्रारम्भिक सहमति पनि भएको छ ।