सानिमाको भन्दा सिद्धार्थको ऋणपत्रमा लगानीकर्ताले थप ०.५० प्रतिशत ब्याजदर पाउने

सानिमाको भन्दा सिद्धार्थको ऋणपत्रमा लगानीकर्ताले थप ०.५० प्रतिशत ब्याजदर पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिद्धार्थ बैंक लिमिटेड र सानिमा बैंक लिमिटेड दुबैले शुक्रबार (असार २४ गते) कार्यालय समयपश्चात जारी ऋणपत्रको निष्काशन बन्द गर्दैछन् । दुबै बैंकले असार १० गतेदेखि ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेका थिए ।

दुबै बैंकको ऋणपत्रमा आज कार्यालय समयभित्र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर मोबाइएल एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मर्फत समेत आवेदन दिन सकिनछ ।

लगानीकर्ताले सिद्धार्थको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख र सानिमा बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सिद्धार्थ बैंकको दश वर्ष अवधिको ‘एसबिएल डिबेन्चर २०८९’ ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले १०.७५ प्रतिशत र ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ का लगानीकर्ताले १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ४ अर्बको ४० लाख कित्ता र सानिमा बैंकले ५ अर्बको ५० लाख कित्ता इकाई जारी गरेका छन् । दुबैले जारी ऋणपत्रको ४० प्रतिशत सर्वसाधारणमा बिक्री खुला गरेका थिए । जसअनुसार सिद्धार्थ बैंकको १६ लाख इकाई र सानिमा बैंकको २० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी ६० प्रतिशत भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछन् ।

ऋणपत्रको अवधि दुबै बैंकको समान रहेको छ । सानिमाको ऋणपत्रमा भन्दा सिद्धार्थ बैंक ऋणपत्रमा लगानीकर्ताले थप ०।५० प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।

सिद्धार्थ बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड र सानिमा बैंकको ऋणपत्र ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

सिद्धार्थ बैंकले ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

उता सानिमा बैंकले ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।