चेक बाउन्स गर्ने सामाखुशीका केदार पक्राउ, २० लाख जरिवाना तिर्नुपर्ने

चेक बाउन्स गर्ने सामाखुशीका केदार पक्राउ, २० लाख जरिवाना तिर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रक्राउ गरेको छ ।

सीआईबीले रामेछापको उदयपुर, त्रियुग नगरपालिका वडा नं १३ स्थायी घर भई काठमाडौंको सामाखुशीमा बस्ने ६० वर्षका केदार गिरीलाई प्रक्राउ गरेको हो ।
गिरीले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।

उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७७ को फागुन १० गते फैसला गर्दै गिरीलाई बैकिङ कसुर अन्तरगत २० लाख रुपैयाँ जरिवाना सहित सात दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।