कामना सेवा विकास बैंकको केएस डिजि वर्ल्ड सार्वजनिक

कामना सेवा विकास बैंकको केएस डिजि वर्ल्ड सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कामना सेवा विकास बैंकले डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल केएसडिजी वर्ल्ड सार्वजनिक गरेको छ ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा  digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । जहाँ अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।