बिदा टुंग्याएर अर्थ मन्त्रालय पुगे सचिव मरासिनी

बिदा टुंग्याएर अर्थ मन्त्रालय पुगे सचिव मरासिनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थमन्त्रीमा जनार्दन शर्मा रहेसम्म मन्त्रालय नफर्कने गरी अनिश्चितकालीन बिदामा बसेका अर्थ सचिव मधुकुमार मरासिनी बिहीबार ढिला गरी मन्त्रालय पुगेका छन् ।

शर्माले बुधबार राजीनामा दिएर अर्थमन्त्रालयको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएपछि सचिव मरासिनी दिउँसो २ बजेमात्रै मन्त्रालय पुगेका थिए । आर्थिक वर्षको अन्तिम साता भएका कारण अहिले मन्त्रालयमा कामको उच्च चाप रहेकाले मरासिनी मन्त्रालय फर्किएको उनको सचिवालयले जनाएको छ ।

मरासिनी मन्त्रालय नआएपछि उनको अनुपस्थितिमा सहसचिव भुपाल बरालले निमित्त सचिवको रुपमा काम थालेका थिए । राजश्व सचिव कृष्णहरि पुष्कर विदेश भ्रमणमा छन् ।