४ दिन नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा अवरुद्द हुने

४ दिन नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा अवरुद्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चार दिन नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा अवरुद्द हुने भएको छ। नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकोले सो को लागि डाटा माइग्रेसन गर्नु पर्ने भएकोले सेवा प्रभावित हुने बैंकले जनाएको छ ।

जस अनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन  गर्ने प्रयोजनको लागि मिति २०७९/०३/२४ गते शुक्रबार कार्यालय समय पछि मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंक लि। का सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार र मिति २०७९/०३/२५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने  ।

त्यसै गरी नेपाल बङ्गलादेश बैंक लि. मा भने मिति २०७९/०३/२३ गते विहिबार कार्यालय समय पश्चात मिति २०७९/०३/२७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंक लि। का क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ। साविक नेपाल बङ्गलादेश बैंक लि। ले जारी गरेका डेबिट क्रेडिट प्रिपेड कार्डहरु मिति २०७९/०३/२७ गते सोमबार विहान कार्यालय समय पश्चात सुचारु हुने छ । 

त्यस्तै, असार २७ देखि  नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुले  नबिल बैंक लिमिटेडेको प्रादेशिकरशाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् । साविक नेपाल बङ्गलादेश बैंक लि. बाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको नबिल बैंकले जनाएको छ ।

सविक नेपाल बङ्गलादेश बैक लि. ले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकहरुलाई सुचीत गरी नयाँ कार्डहरु उपलब्ध गराइने नबिल बैंकले जनाएको छ । 

दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते एकिकृत कारोबारको लागि स्वीकृति गरेको थियो । त्यस्तै दुवै बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने इर्ने गरेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई  १००ः४३ को स्वापमा गाभ्न लागेको हो ।  जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पूंजी  २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ। 

त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५ अर्ब पुग्नेछ। प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ । त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा ४ अर्ब ४६ करोड हुनेछ ।