ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बिक्री खुला, १० वर्षपछि योजना परिपक्व हुने

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बिक्री खुला, १० वर्षपछि योजना परिपक्व हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्लोबल आइएमई क्यापिटलले असार २२ गते अर्थात बुधबारदेखि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो ।

जसमध्ये बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आईएमई क्यापिटललाई १.५ प्रतिशत तथा इकाई तथा कोष प्रवन्र्धक कम्पनीलाई ग्लोबल आईएमई बैंकलाई १३.५० प्रतिशत बिज पुँजीको रुपमा राखेको छ । र, बाँकी रहेको न्यूनतम १० करोड २० लाख इकाई क्यापिटलले सार्वजनिक रुपमा बिक्रीको लागि खुला गरेको हो ।

यससँगै इच्छुकले असार २२ गतेदेखि छिटोमा असार २६ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । यदि सो दिनसम्म माग बराबरको आवेदन नपरेमा क्यापिटलले साउन ४ गतेसम्म उक्त फण्डको निष्काशन तथा बिक्री खुला गर्ने छ ।

इन्छुकले न्यूनतम एक सयदेखि अधिकतम एक करोड २० लाख इकाईको लागि आवेदन दिन पाउने छन् ।

क्यापिटलका अनुसार यो योजना बन्दमुखी प्रकारको योजना हो । जसको अवधि १० वर्ष रहेको र इकाई बाँडफाँड भएको मितिले १० वर्षपछि योजना परिपक्क हुने छ ।