बीमासम्बन्धी लेख

‘जीवन बीमाको उत्पत्ति, इतिहास र विकासक्रम’

‘जीवन बीमाको उत्पत्ति, इतिहास र विकासक्रम’

अशोक बुद्ध लामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बीमाको उत्पत्तिको विषय यकीन गर्न सकिएको छैन र हालसम्म खोजपूर्ण विषयकारुपमा रहेको छ । तर, पनि केही प्रसिद्ध विद्वानहरूले ईसापूर्व ४५०० तिर बेबिलोनिया, रोम तथा ग्रीकतिरबाट बीमाको प्रचलन सुरु भएको भएको जानकारी दिएका छन् । प्राचीन ग्रन्थहरू हम्बुखी तथा मनुस्मृति र ऋषिदेवहरूमा बीमासँग मिल्दोजुल्दो शब्द योग क्षेमको प्रयोग भएको पाइन्छ ।

यसरी यस उपमहाद्वीपमा ईसापूर्व २००० तिरदेखि नै बीमाको कुनै न कुनै रूप प्रचलनमा थियो भनेर मान्न सकिन्छ । मानव सभ्यताको विकासक्रमसँगसँगै प्राग ऐतिहासिक कालतिर उत्तर इटालीका व्यापारीहरू व्यापारिक प्रयोजनमा टर्कीतिर जाँदा तुर्कहरूले पक्रिने, थुन्ने र यातना दिने तथा मारिदिने गर्दथे । साथै, सामुद्रिक यात्राको क्रममा सामुद्रिक डाँकाहरूले दुःख दिने क्रम जारी थियो ।

जोखिमपूर्ण व्यवसाय र यात्राको राहत स्वरूप व्यापारी वर्गहरूबाट केही रकम जम्मा गरी कोष खडा गरिन्थ्यो र कुनै दुर्घटना भएमा सोही कोषबाट भरथेग गरिन्थ्यो । यसरी केही व्यक्तिहरूको सहकार्यमा जीवन बीमाको प्रारम्भिक रूप स्थापना भएको पाइन्छ । जीवन बीमाको इतिहासमा सन् १५८३ जुन १८ तारिखको दिनलाई महत्त्वपूर्ण मानिन्छ ।

यसै दिनमा बेलायतका १६ जना व्यक्तिहरू मिलेर (William Gibons) को एक वर्षकोे लागि जीवन बीमा गरेर सो बीमाबापत बीमाङ्कको ८ प्रतिशत बीमाशुल्क लिएका थिए । उक्त बीमितको बीमा प्रारम्भ मितिले ११ महिनापछि मृत्यु भयो र उनको बीमाङ्क पनि भुक्तानी गरियो । यसरी जीवन बीमाको क्षेत्रमा आधिकारिक र प्रमाणित दस्तावेजको यो नै पहिलो जीवन बीमा हो ।

यसै दिनमा बेलायतका १६ जना व्यक्तिहरू मिलेर (William Gibons) को एक वर्षको लागि जीवन बीमा गरेर सो बीमाबापत बीमाङ्कको ८ प्रतिशत बीमाशुल्क लिएका थिए । उक्त बीमितको बीमा प्रारम्भ मितिले ११ महिनापछि मृत्यु भयो र उनको बीमाङ्क पनि भुक्तानी गरियो । यसरी जीवन बीमाको क्षेत्रमा आधिकारिक र प्रमाणित दस्ताबेजको यो नै पहिलो जीवन बीमा हो ।

ज्योतिष एडमन्ड हेलीले सन् १६९३ मा (Mortality Table) तयार गरी बेलायतको रोयल सोसाइटीमा पेस गरेर जीवन बीमाको बीमाशुल्क निर्धारण उक्त टेबलको आधारमा नै गर्नुपर्दछ भन्ने मान्यता भयो । बेलायतमा प्रथम जीवन बीमा व्यवसायमा संलग्न संस्था (The Hand In Hand Socity) ले सन् १६९६ मा जीवन बीमा गर्न सुरु गर्याे ।

तर, कसरी बीमाशुल्क गणना गर्ने भन्ने अन्योल कायमै रह्यो, जहाँ कुनै वैज्ञानिक आधार तयार गरिएन । यसै सेरोफेरोमा लन्डनमा हर्डले नामक पुस्तक (Amicable socity) सम्बन्धी विचार प्रस्तुत गरेको पाइन्छ । जसको समर्थनमा सन् १७०६ मा (Royal Charter) जारी गरियो र त्यसपछि गठित बीमा व्यवसायीहरूले वा (Amicable socity)हरूले छोटो अवधि वा एक वर्षको लागि जीवन बीमालेख बिक्री गर्न थाले वा एक वर्षे जीवन बीमा योजना सञ्चालन गरे ।

तर, उनीहरूले भुक्तानी दिने रकम निश्चित नभई अनिश्चित थियो । किनकि, वर्षभरि बीमा गरिएका व्यक्तिहरूको संख्या र त्यस अवधिभित्र मृत्यु भएका बीमितको संख्या तथा त्यस वर्षभरिमा आर्जन गरिएको बीमाशुल्कको आधारमा दाबी भुक्तानी दिइन्थ्यो । हेर्दा झन्झटिलो र आवधिक भए पनि एउटा दामासाही हिसाब यहाँ देखियो र भविष्यमा बीमाशुल्क निर्धारणको नमुना आधार तयार भयो । यसैगरी (Old Equatable Organization) को नाममा सन् १७०५ (LIC) लिमिटेडले जीवन बीमा गर्ने इजाजत पाए। 

यसैको निरन्तरतास्वरूप ०६४/०६५ मा थप ४ कम्पनी, ०७४/०७५ मा ९ र ०७५/०७६ मा थप १ गरी १९ वटा जीवन बीमा कम्पनीहरू नेपालमा थिए भने हाल विभिन्न कम्पनीहरू मर्ज भएर हाल १४ वटा जीवन बीमा कम्पनी छन् ।

(लामा सिटिजन्स लाईफ इन्स्योरेन्सको बनेपा शाखाको एजेन्सी म्यानेजर हुन्)