प्राइम बैंकको ५ अर्बको ऋणपत्र बाँडफाँड, लगानीकर्तालाई १०.१५% ब्याज

प्राइम बैंकको ५ अर्बको ऋणपत्र बाँडफाँड, लगानीकर्तालाई १०.१५% ब्याज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्राइम कमर्शियल बैंक लिमिटेडले निष्काशन गरेको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।  बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार निष्काशन बैंकको सञ्चालक समितिले असार २२ गते बुधबार रित पुर्वक आवेदन दिने लगानीकर्ताहरुलाई माग बमोजिम नै ऋणपत्र बाँडफाँड गरेको जनाएको छ ।

बैंकले २०७९ जेठ ३१ गतेदेखि २०७९ असार १४ गतेसम्म प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ता इकाई ऋणपत्रको निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । 

ऋणपत्रमध्ये २० लाख कित्ता सर्वसाधारणलाई र ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको थियो ।

सामुहिक लगानी कोषको कुनैपनि इकाईले खरिद नगरेको ऋणपत्रमा सर्वसाधाणबाट अन्तिम दिन असार १४ गते साँझ ६ बजेसम्ममा ५ हजार ८२ वटा आवेदन मार्फत ३ लाख ६१ हजार ८१८ इकाईकाका लागि ३६ करोड १८ लाख १८ हजार रुपैयाँ बराबरको माग भएको थियो । जुन सर्वसाधारणबाट माग भएको इकाईको १८ प्रतिशत मात्र हो । सर्वसाधारणतर्फ बिक्री खुला गरिउको ८२ प्रतिशत ऋणपत्र अवितरित भएको हो ।

पाँच वर्ष अवधिको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ नामक ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी पाउनेछ प्राइम कमर्सियल बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन सुस्त बन्दा बैंकहरुका लागि कर्जा लगानीको दीर्घकालीन स्रोत संकलनका लागि ऋणपत्रलाई प्रमुख औजारको रुपमा प्रयोग गर्ने क्रम बढेको छ ।