अर्थमन्त्रीविरुद्ध छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने

अर्थमन्त्रीविरुद्ध छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थमन्त्री जर्नादन शर्माबारे छानमिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरिने भएको छ । 

सभामुख अग्नि सापकोटा, विभागीय मन्त्रीहरु र मुख्य दलका सचेतकहरुबिच भएको बैठकले ११ समिति गठन गर्नुपर्नेमा सहमति जनाएको हो । 

अहिले समितिमा दलहरुले नाम दिने कार्य भइरहेको कांग्रेसका एक सांसदले जानकारी दिए । 

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट २, २ तथा जसपा, लोसपा र एकिकृत समाजवादीबाट १–१ जनाको सहभागिता रहनेछ । 

नेकपा एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकाले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।