बजेटमा हाम्रो भूमिका छैनः चौधरी ग्रुप

बजेटमा हाम्रो भूमिका छैनः चौधरी ग्रुप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा संकास्पद भूमिका रहेको आरोप लागेको चौधरी ग्रुपले आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएको छ ।
ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बजेट निर्माण प्रक्रियामा आफ्नो कुनै चासो र सरोकार नभएको समेत बताएका छन् । केहि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चौधरी ग्रुपमा कार्यरत कर्मचारी रघुनाथ घिमिरे बजेट सार्वजनिक हुने अघिल्लो राती अर्थमन्त्री जनार्दन शर्मासँग मिलेमतो गरेर करका दर हेरफेर गरेको आरोप लाग्दै आएको छ ।

चौधरीले आफूहरुमाथि लागेको आरोपको पुष्टि गर्न पनि चुनौति दिएका छन् । ुयसमा छानविन गरी सत्य तथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायलाई आग्रह गर्दछौ । हाम्रो संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छौ  उनले भनेका छन् ।