काठमाडौं – नेपाल टेलिकम (एनटीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
कम्पनीले अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई करसहित प्रतिशेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।
प्रतिक्रिया