अर्थमन्त्रीले राजीनामा नदिएसम्म सचिव काममा नफर्किने, प्रधानमन्त्री र मुख्यसचिवसँग भेटेर विदामा

अर्थमन्त्रीले राजीनामा नदिएसम्म सचिव काममा नफर्किने, प्रधानमन्त्री र मुख्यसचिवसँग भेटेर विदामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितका लागि विदामा  बसेको छन् । अर्थमन्त्री जनार्दन शर्मासँग कुरा नमिलेपछि उनी विदामा बसेका हुन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवा, अर्थमन्त्री शर्मा र मुख्यसचिव शंकरदास बैरागसँग भेटघाट गरेर सचिव मरासिनी अनिश्चितकालका लागि विदामा बसेका हुन् ।

मन्त्री हुनेबेलासम्म मन्त्रालयको नियमित काममा नफर्कने गरी सचिव मरासिनी विदामा बसेको स्रोतको भनाइ छ ।

आगामी आर्थिक वर्ष ०७९र८० लागि प्रस्तुत गरिएको बजेट निर्माणको प्रकृयामा मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश गराएर करका दरमा हेरफेर गराएको विषयले मन्त्री र सम्बद्ध व्यक्तिहरुमाथि प्रश्न उठेको छ । प्रतिपक्षी दल लगायत कतिपय व्यक्तिहरुले बजेट निर्माणको सन्दर्भमा मन्त्रालयमा अबैधानिक व्यक्तिले प्रवेश गरेको विषयलाई छानविन गर्नको लागि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् ।

बजेट निर्माण सन्दर्भमा उठेको प्रश्न र दबाबको विषयलाई लिएर अर्थसचिव मरासिनी विदामा बसेको अनुमान गरिएको छ ।