ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं – ठगी तथा आपराधिक लाभ सम्बन्धी अपराधमा फरार रहेका एक प्रतिवादी काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार गिरीले तीन फरक ठाउँमा गरेर ४५ लाख बढी ठगी गरेका छन् ।

पक्राउ परेका गिरीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए ।