बुटवल – रुपन्देहीमा चौथो युवा उद्यमी शिखर सम्मेलन हुने भएको छ । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा पुसको ६ गते रुपन्देहीको कोटिहवा टाइगर प्यालेसमा युवा उद्यमी सम्मेलन हुन लागेको हो । युवाहरूलाई उद्यमी र स्वरोजगार कसरी बनाउन सकिन्छ र स्वदेशमै रोजगारीको सम्भावना कसरी खोज्न सकिन्छ भन्ने विषयमा सम्मेलन हुनु लगेको हो ।
उद्योगी, व्यवसायी, वित्तीय विज्ञलगायतका युवा नेताहरूको सहभागितामा हुने सम्मेलनमा युवाको भविष्य र सम्भावनाको खोजी विषयमा प्यानल छलफल, चर्चा र सफल उद्यमी र व्यवसायीहरूका अनुभव आदान प्रदान हुने सम्मेलन सम्पादन समितिका संयोजक प्रविना घिमिरेले जानकारी दिए । सम्मेलनको मुख्य वक्ताका रूपमा वर्ल्ड लिङ्क कम्युनिकेसन प्रालिका अध्यक्ष दिलीप अग्रवाल रहनेछन् ।
उनले युवाहरूको भविष्य, सम्भावना र रोजगारीका विषयमा आफ्ना अनुभवहरू शेयरिङ्ग गर्नु हुने कार्यक्रम रहेको छ । विभिन्न क्षेत्रका सफल अनि अनुभवी हस्तिहरूको सहभागितामा हुने कार्यक्रममा विभिन्न चार वटा सेसन हुने संयोजक घिमिरेले जानकारी दिए।
कार्यक्रममा अनुभव आदान प्रदान, युवा भविष्य र रोजगार विषयक प्यानल डिस्कशन, उद्यमशीलता यात्रा अनुभव आदान प्रदानलगायतका सेसन हुने छ । विभिन्न सेसनमा माउन्ट एभरेस्ट कथा मिल्सका अध्यक्ष वसन्त रोक्का, सिद्धार्थ ग्रुप अफ हस्पिटलाटीका अध्यक्ष चिन्तामणि न्यौपाने (लक्ष्मण), सिद्धि विनायक मोटो ग्रुपका म्यानेजिङ डाइरेक्टर सुनिल कसजु, नेपाल टुरिजम बोर्डका सिनियर म्यानेजर श्रद्धा श्रेष्ठ, कोको कोला बोट्टल्स नेपालका पक्लिक रिलेशन एक्सपर्ट स्नेह राज भण्डारी, कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, सिंगापुर बेभरेज नेपालका म्यानेजिङ्ख डाइरेक्टर डाक्टर आशिस शर्मा, पहाडि फुड्सका.म्यानेजिङ डाइरेक्टर प्रशान्त घिमिरे, मेरो किनमेलका संचालक सन्तोष कण्डेललगायतले युवा सम्मेलनमा आआफ्ना अनुभव र युवा उद्यमी बन्ने उपायका बारेमा आआफ्ना विचारहरू राख्नेछन् ।
युवा उद्यमीकै विषयमा दिनभर चल्ने छलफल कार्यक्रममा इकोनोमिष्ट निशान्त खनाल र मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्नेछन् । नेपालमा युवाहरुका सम्भावना, सूचना प्रविधि र उद्यमशीलता, अवसर र चुनौतीलगायतका विषयमा कार्यक्रम केन्द्रित रहने युवा उद्यमी मञ्चका च्याप्टर प्रेसिडेन्ट रिशभ वझाले जानकारी दिए ।
प्रतिक्रिया