काठमाडौं – हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले यही पुस २६ गते तेइसौं र चौबिसौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्विटमा बिहान ११ बजेदेखि साधारण सभा बस्ने निर्णय गरेको हो ।
साधारण सभा प्रयोजनार्था कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साधारण सभाले गत दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको निर्वाचन प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव समावेश गरेको छैन ।
प्रतिक्रिया