बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराईज बैंकले नविनतम् बैंकिङ्ग सुविधा भित्राउने क्रममा डेबिट कार्डमा फोटो राख्न मिल्ने बिशेषता ल्याएको छ ।
माईती नेपालको भवनमा भएको कार्यक्रममा माईती नेपालको सस्थापक तथा समाजसेवी अनुराधा कोईरालालाई पहिलो कार्ड हस्तान्तरण गरी कार्यक्रमको सुभारम्भ गरेको हो । उक्त कार्यक्रममा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको समेत उपस्थिति थियो ।
यो सेवा लिनको लागि ग्राहकले https://icard.sunrisebank.com.np मा गई सजिलै आफ्नोे फोटो कार्डमा राख्न सकिने छ ।
प्रतिक्रिया