पुँजी वृद्धि गर्न बीमा कम्पनीलाई सकस, महालक्ष्मी लाइफको ३३ करोड सेयर बिक्रीमा

पुँजी वृद्धि गर्न बीमा कम्पनीलाई सकस, महालक्ष्मी लाइफको ३३ करोड सेयर बिक्रीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

जीवन बीमा कम्पनीहरुलाई पुँजी वृद्धिमा सकस पर्ने भएको छ । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेपछि कम्पनीहरु पुँजी वृद्धिमा सक्रिय छन् । त्यसमध्ये पुँजी वृद्धिमा सबैभन्दा पहिले सक्रिय रुपमा लागेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको पहिलो प्रयास नै पूर्ण सफल नभएपछि अन्य कम्पनी पनि दवावमा पर्ने भएका छन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीलाई थप ५० प्रतिशत लगानी गर्न हकप्रद सेयर निष्काशन गरेको थियो । त्यसमा २३ दलशमव ५ प्रतिशत सेयरधनीले पुँजी थप्न सकेनन् ।

भएका संस्थापकहरुले ५० प्रतिशत रकम थप्न नसकेपछि महालक्ष्मी लाइफले करिव ३३ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ३२ लाख ९० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमा बिक्रीमा राखिएको यो सेयर प्रवन्र्धक  सेयर हो ।

हकप्रद सेयरमा लगानी गर्न गत असार ९ गतेसम्मको समय तोकिएको थियो । तोकिएको समयमा सेयर आवदेन नपरेपछि कम्पनीले ३२ करोड ९० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीको अवस्था राम्रो भए पनि बजारमा पुँजीको अभावले लगानीकर्तालाई पैसा जुटाउन गाह्रो भएको हुन सक्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बताउँछन् । जताततै भन्दी भएको, १०.७५ प्रतिशत व्याजदर भएको ऋणपत्र बिक्री नभएको, बैंकबाट कर्जा लिन नसकिने अवस्था रहेकोले ठूलो पुँजी जुटाउन जो कोहीलाई गाह्रो भएको उनले बताए ।

नेटवर्थ ११९ रूपैयाँ भएको कम्पनीको सेयर १०० मा नै किन्न पाउने अवस्था विरलै हुने भन्दै यो कम्पनीको सेयर लगानीकर्ताको लागि अवसर भएको उनले बताए ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ तोकिदिए पछि इन्स्योरेन्सले पुँजी वृद्धिको प्रकृया बढाएको हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । सबै संस्थापक सेयरधनीले ५० प्रतिशत पुँजी थपेको भए कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने थियो । नियमअनुसार कम्पनीले कुल पुँजीको ३० प्रतिशत साधारण सेयर निष्काशन गरेको छैन ।

महालक्ष्मीलाई जस्तै पीडा अरु ४ वटा जीवन बीमा कम्पनीलाई हुन सक्छ । सिटिजन्स, सन नेपाल, रिलायबल र आईएमई लाइफ इन्स्योरेन्सहरु पनि साधारण सेयर निष्काशन गरेका छैनन् । सन नेपाल, रिलायबल र आईएमई लाइफको सेयर पुँजी १४० करोड मात्र छ । सिटिजन्स लाइफको भने १७५ करोड रुपैयाँ छ ।

पुँजी वृद्धिको लागि बीमा समितिले आगामी चैत मसान्तसम्मको लागि समय दिएको छ । आर्थिक मन्दी, तरलता अभाव र उच्च व्याजदरका कारण लगानीकर्तालाई पैसा जुटाउन गाह्रो भएको छ । त्यसैले नयाँ कम्पनीहरुलाई मर्जमा जान बढी नै दवाव पर्ने जानकारहरु बताउँछन् ।