मनकामना केबलकारको सेवा आज र भोलि बन्द

मनकामना केबलकारको सेवा आज र भोलि बन्द


काठमाडौं – गोरखाको मनकामना केबलकारको सेवा आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो ।

मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचना अनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ । केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने सूचनामा उल्लेख छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो। केबलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्छ।