काठमाडौं – नेपाल शेयरधनी संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंसिर २९ गते ललितपुरको गोदावरीमा सम्पन्न साधारणसभाले अध्यक्षको प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
संघका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा भएको सो सभाले आर्थिक वर्ष ०८०।८१ को बजेट लेखा परीक्षणको प्रतिवेदन, आर्थिक वर्ष ०८१।८२ को अनुमानित आय विवरण छलफलसहित अनुमोदन गरेको छ।
साथै, सो सभामा अध्यक्षको प्रतिवेदन समेत अनुमोदन गर्नुका साथै आगामी वर्षहरूको रणनीतिक कार्ययोजना समेत छलफल गरी अनुमोदन गरेको छ ।
नेपाल शेरधनी संघका उपाध्यक्ष कमलराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त सभामा विभिन्न सदस्यहरुले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव सुरज खड्काले गरेका थिए ।
प्रतिक्रिया