काठमाडौं – नेपाल आर्थिक पत्रकार संघ (नाफिज) अध्यक्षमा मेनुका कार्की निर्वाचित भएकी छन्। नाफिजको १५औं साधारणसभा तथा सातौं महासभामार्फत भएको निर्वाचनमा कार्कीले अध्यक्ष पदमा ७१ मत ल्याएर जित हात पारेकी छिन्। उनका प्रतिस्पर्धी इन्द्र बहादुर बानियाले ६७ मत ल्याएका थिए ।
त्यस्तै, उपाध्यक्षतर्फ निरोज कुमार थापा र पिताम्बरी खतिवडा (प्रमिला) विजयी भएका छन्। थापाले ७४ मत र खतिवडाले ७६ मत ल्याएर विजयी भएका हुन् । परमेश्वर अधिकारी र विजय दमासेले ४६ मत ल्याए ।
महासचिवमा निकेश खत्री निर्वाचित भएका छन्। उनले ७८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नवीन ढुंगानाले ६१ मत ल्याएका छन् ।
सचिवमा राजाराम न्यौपाने ९४ मत ल्याएर विजयी भएका छन्। चेतनारायण पाण्डेयले ४३ मत पाएका छन् । कोषाध्यक्षमा मिलन विक ७३ मत ल्याएर विजयी भएका छन्।
उनका प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ६३ मत प्राप्त गरे। सदस्यहरुमा अनिश मिजार, चित्र राज भण्डारी (सीआर) अनुप आचार्य, र शुक्र गिरी विजयी भएका छन्।
प्रतिक्रिया